2007-08-28

यस्तो म (येसा मै ) - ( NEPALI)

रमाउछु, खुशी हुन्छु, हासिरन्छु जैलेपनि,
खुशी छु म किन यती हास्दिनथे कैलेपनि ।

छेउकाले आँखा तर्छन्, टाढा का ले फर्किहेर्छन्,
उफ्री हिडछु टेक्दिन म ,खुट्टा ले भुई कैले पनि ।

खै के भा'को राम्रो लाग्छु,आफैलाई हेर्दा आफु,
चिट्टिक्कै म भाको हुन्छु, बहिर सबै मैले पनि।

नचिनेनि सबै सङ्ग मुस्काउदै हिन्ड्छु म त,
हुन त हो माया गर्थे, सबै लाई पैले पनि

CREAM घस्छु मुहार मा, टि-सर्ट मा बुट्टा भर्छु,
कपाल रङ्ग्याई कालो पार्छु,अनी हुन्छु "कैले"पनि ।

तिम्रै हो यो उपहार, खुसी दि यो यती बिधी,
सपनि म सँगै हुन्छौ, छेउ मा आउन येले पनि ।

0 टिप्पणियाँ: